Samrat Paudel, Grade: 8
Phillip Regional Middle school
बाटो धेरै छन् ,तर सपना छ एक
पुग्नु छ त्यहाँ , हुने छन् धेरै भेट
बिस्तारै जाउँ छिटो जाने मार्ग पनि हुन्छ
कला तिम्रो देखाऊ भित्ताले पनि सुन्छ
हतार नगर ,छुट्न सक्छन धेरै कुरा
आरामले जाऊ , हुन्छ सपना पुरा
गन्तव्यमा पुगीसकें, बाँकी छन् केही पल
नडराऊ समस्या संग , त्यसैमा छ हल