महेन्द्र श्रेष्ठ
४३ मेपल एभिन्यू, न्यूविङ्गटन, कनेक्टिकट
अनयासै बग्ने कल्पनाका छालहरूमा
डुबुल्की मार्दा मार्दै
अतीतका यादहरू लाई समेट्न पुगेछु
क्षितिज पारीकाे डाँडाँमा
चढदै गरेकाे सूर्यकाे लालीमा
तिम्राे निश्चल हाँसाे लाई खाेज्न पुगेछु
वर्षातकाे रिमझिमकाे मधुर संगीतहरूमा
तिम्राे सुरिलाे अवाज लाई सुन्न खाेजेछु
बिगतका स्मृतिहरू लाई जाेडदै
आफू भित्र नै सजाउने प्रयास गर्दैछु
पहाडकाे उकाली ओराली लाई छिचाेल्दै
देउरालीकाे सुन्दर पर्खाईमा बसेछु
नदीनालाकाे मधुर ध्वनि संग
आफ्नाे पनि नाता जाेडन पु्गेछु
ज़िन्दगीका पानाहरू लाई समेटी
बिगतकै यादमा जिउन पुगेछु
आज पनि अनायास झस्कने गर्छु
बिपनीमा पनि सपनीझै तर्सिने गर्छु
थाहै नपाई एकान्तमा रूमलिने गर्छु
कति दिन अझै यसरी नै बिताउदै जानु पर्ने हाे
एक बिश्वासकाे साथ एक अठाेटकाे साथ
म त आफू भित्र हराई सकेकाे मान्छे
फेब्रुअरी १०, २०२०