सुर्यमान डंगोल, West Hartford, Connecticut
त्यो चिहानमा बस्न मित्र एक रत्ति पनि डर लाग्दैन
मर्नेले के नै गर्छन र? जिउँदाको पो भर लाग्दैन।
बाहिर बाहिर लोकाचार ,भित्र भित्रै पोकामार
तिम्रो हितैसि मै हुँ, भन्नेकै यहाँ भर लाग्दैन ।।
स्वच्छ र शान्त रहने , समुन्द्र को के डर मान्नु
बर्षामा सुसाउँदै आउने, खहरे को पो भर लाग्दैन ।।।
तिम्रो हितैषी मै हुँ, भन्नेकै यहाँ भर लाग्दैन ।।
मर्नेले के नै गर्छन र? जिउँदाको पो भर लाग्दैन।।।
मुक्तक
कति टुट्यो कति फुट्यो हिसाब किताब लेखा जोखा मिलाउनु छ
चैन के हो ? सुख के हो ? सराब सँगै दुख भुलाउनु छ
,जति टुटोस जति फाटोस , आफ्नो कोहि हुन्न यहाँ
दुखेको घाउ फाटेको मन , मलम पट्टी आफै गरी सिलाउनु