पुष्प दाहाल, वेष्टहार्टफोर्ड कनेक्टिकट, अमेरिका
(त्यो, त्यसलाई = क पात्र
ऊ = ख पात्र
तँ, तँलाई र तैंले = ग पात्र)
(त्यसलाई के था,)२
ऊ कसरी बाँचेको छ?
ऊ भित्रको कथा, व्यथा लुकाएर कसरी हाँसेको छ?
(भन्छ’)२
तँलाई नै चाहिने समाज,सामाजिक भावना,जोश र जाँगर!
त्यो बिना पनि “खै ऊ त बाँचेकै छ”।
(त्यसलाई के था,)२
ऊ राम्रै कमाईमा कति खुशी छ?
लोभ लालचमै अझै पिल्सिइ रहेको छ।
(भन्छ’)२
दान सहयोग तैंले गर्नुपर्ने ,उसले नगरेर पनि”खै ऊ त बाँचेकै छ”।
(त्यसलाई के था,)२
ऊ जीवनमा कति मस्तीमा जिएको छ?
कृतृम आडम्बरको व्यावस्थापन धान्न,
भित्रभित्रै कति निसासिएको छ।
(भन्छ’)२
आफ्नो गाँस तैले मात्रै काट्नु पर्ने, उसले नकाटेर पनि “खै ऊ त बाँचेकै छ”।
(त्यसलाई के था,)२
ऊ पारिवारिक सम्बन्ध बढाउन कति खप्पिस छ?
सम्बन्ध टुटाउन र फुटाउन, ढाकछोप बाट बच्न/बचाउन आ-आफ्नै सँग कुरा मिलाउन उसलाई कति सकस छ?
(भन्छ’)२
तैले मात्रै हितकारी सामाजिक दायित्व निभाउनु पर्ने,ऊ चुपचाप बसेर पनि “खै ऊ त बाँचेकै छ”।
(त्यसलाई के था,)२
ऊ खादामाला लाएर, मिडियामा छाएर कति लोकप्रिय छ?
सस्तो लोकप्रियतामा आफ्नै बाट त्यो हर्कत गराउँदा ऊ कति लज्जित छ?
(भन्छ’)२
तैले मात्रै सबै सँग सामाजिक सहयोग माग्नु पर्ने उसले नमागेर पनि”खै ऊ त बाँचेकै छ”।
(त्यसलाई के था,)२
ऊ पदको कति प्यारो छ ?
बधाई र शुभकामनाको भोक प्यासले कति छटपटिएको छ?
(भन्छ’)२
तैले मात्रै जिम्मेवारीमा गम्भिर हुनुपर्ने, ऊ नभएर पनि “खै ऊ त बाँचेकै छ”।
(त्यसलाई के था,)२
ऊ कति स्मार्ट र बुज्रुक छ।
फेद न टुप्पोको तर्क गरेर कति जिल्लिएको छ।
(भन्छ’)२
तैले मात्र ब्याख्या र परिभाषा गर्नु पर्ने उसले नगरेर पनि “खै ऊ त बाँचेकै छ”।
(अब त्यसले भन्छ,)२
धन भएर मन हुनु पर्छ।
(उसले भन्छ,)२
मन भएर पनि त्यो स्वच्छ र स्वार्थ रहित हुनुपर्छ।
(तँ भन,)२
ति सबै समाज उपयोगिमा खर्चनु पर्छ।
त्यो,ऊ र तँ मिले बहुसाँस्कृतिक सामुदायिक भवन बन्छ।