अर्जुन दाहाल
पुरा का कुरा गर्दा जति मज्जा आउँछ ,आधाका कुराले उति नै बाधा गर्दछ । पुरानो भनाई आधा गाग्री पानी बढी छचल्किन्छ भन्ने कुराले हामीलाई निक्कै ठूलो झापड हान्दछ । हुनत हामी ज्ञान सीपको बारेमा आधा गाग्री पानी जस्तै नै हो । हल्का केहि जानियो भने सबै आफैंले जानेको छ जस्तो भान हुँनु हाम्रो चरीत्र नै भैसक्यो भन्दा “सेऊले काका” रिसाउंदैनन । केहि काम समाजका लागि गरियो भने सारा समाज आफैंले बनाए जस्तो /चलाए जस्तो भान हुँनु आधा हुनुको पुरा अर्थ हो । आधा ग्लास पानीलाई भरिएको छैन भनेर हेर्ने कि, केहि त छ, भनेर हेर्नेहरुको द्वन्द यो सृष्टि रहिरहुन्जेल चलिरहला तर आधा गाग्री पानी बढी छचल्किन्छ भन्ने कुरा चाहिं पक्का ह
आधा लुगा लगाएकी सुन्दरीको प्रभाव पनि आँखा देखि शरीर भरी नै पर्छ भनेर स्विकार्छन “सेऊले काका” ।
माथि, तल ,दायाँ ,बायाँ हेरेर अाँखा झुक्याउन खोजे पनि आँखाले देखेको आधा, पुरा हुन राति कोठामा पसेर बत्ती निभाएर सिरक भित्र पस्दा पनि पुरा हुँन सक्दैन । हुँनत ति आधा लुगावाली सुन्दरीको चहना पनि ति “सेऊले काका”को दिमाग आधा पर्नु नै हो ।
आफैंसङ्ग परेको घटनाको आधा कहाँनी यहाँ राख्न मन लाग्यो । म गत अप्रिल महिना नेपाल गएको बेला अमेरिकी पैसा नेपाली बनाउँन सट्टा गर्ने पसलमा पुगें । गंगबु चोक नजिकै एउटा त्यस्तो पसल भेटियो जहाँ बोर्डमा मैले खोजे जस्तै लेखिएको थियो । तर पसलको सर्टर भने आधा मात्र खोलिएको थियो । साँझको पारिलो घाम ताप्दै प्राय सबै पसले बाहिर बाटा तिर बसेका थिए । मैले पसलको सर्टर आधा खुलेकोले साहु जी यतै कतै होलान भनेर दायाँ बायाँ आँखा घुमाएँ । पसलमा को आउला र सेवा दिउँला, भनेर आधा लुगा लगाएकी एक दुई वटी सुन्दरी बहिनीहरु साईडमा बसेका रहेछन । मेरो आँखा तिनीहरु सङ्ग जुध्यो । मैले ठाँने यिनै बहिनीहरु रहेछन् साहुनी । पैसा साट्नको लागि कुरा राख्न खोज्दा मलाई तिनीहरुले ऊनीहरु भए तिरै आउँन इसारा गरे । म जाने तर्खर गरें । तर त्यहाँ मलाई चिन्ने अर्को दाइ पनि हुँनुहुदो रहेछ । उहाँले भन्नुभो त्यता नजानुस भाइ । यिनीहरु डलर साट्ने नाममा आधा सटर खोलेर आधा लुगा लगाएर उता भित्र लगेर तपाईको डलर पनि आधा बनाउँछन र तपाईको दिमाग पनि आधा बनाईदिन्छन ।
हैट, ति बहिनीहरु लाई देखेर आधा भएको मेरो दिमाग एकै छिनमा उहाँ दाइको कारण ठाउँमा आयो ।
त्यस पछि यि आधा लुगा लगाउँने ,आधा ज्ञान भएका ,राम्रो कुरा आधा मात्र सुन्ने, सही कुरा लुकाएर आधा मात्र भन्ने सङ्ग म सजक हुन्छु ।