के पी भट्ट वेष्टहार्टफोर्ड कनेक्टिकट
नेपाली समाज कनेटिकेट ले स्थापना काल देखि समाज का विभिन्न क्षेत्रमा सहयोग पुयाऊदै आएता पनि पछिल्लो समय संस्था यस कुरामा केहि चुकेको देखिन्छ । यहाँ बसोबास गर्ने सबै नेपालीहरुको साझा संस्था भएकोले यहाँ बसोबास गर्ने नेपालीहरुमा आपसी सद्भाव सहयोग को भावना पैदा गराउनु देखि आम नेपालीहरु लाई पर्ने समस्या मा संस्था ले सहजीकरण को भूमिका खेल्नु पर्ने हो र यो संस्था को दायित्व पनि हो । सामाजिक संस्थाहरुले समाजमा खेल्ने भूमिका महत्वपूर्ण हुन्छ । समाजमा सामाजिक संस्थाहरु ले सबै लाई समान व्यवहार गर्नुपर्दछ । ताकि संस्था लाई बलियो बनाउन सकिन्छ । नेकोन ले यहाँ बसोबास गर्ने सबै नेपालीहरु लाई सहयोगी भावना बाट हेर्नु पर्दछ । यस संस्था सामाजिक संस्था भएको ले आगामी दिन मा नेपालीहरु लाई पर्ने समस्या केन्दित कार्यक्रम संस्था ले अगि बढाउनु पर्दछ । यहाँ मानिसहरु लाई धेरै प्रकार समस्याहरु पर्दछन । त्यस्ता समस्या लाई लक्षित गरेर संस्था ले कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । यहाँ को नीति नियम कानुन हरुको बारे मा ज्ञान नभएको कारण नेपालीहरु ले धेरै दुख पिडा कष्टहरु झेल्नु परेको धैरै उदाहरणहरु छन । नेपाल बाट वा अन्य राज्य बाट बसोबास गर्न आउने नेपालीहरु लाई, बिधार्थीहरु लाई पनि लक्षित गरेर संस्था ले कार्यक्रमहरु सन्चालन गर्नु पर्दछ ।हामीमा अंग्रेज़ी भाषा को रामो ज्ञान नहुनाले पनि धेरै प्रकारका समस्याहरु झेल्नु परेको छ । यस्ता सबै कुराहरुलाई मध्यनजर गरेर संस्था ले समय सापेक्ष रुप मा आफना कार्यक्रम हरु परिमार्जित गर्नुपर्दछ ।
नेकोन ले यस्ता विभिन्न कुराहरु मा ध्यान दिनु पर्दछ । नेकोन ले आगामी दिनहरुमा यहाँ बसोबास गर्ने सबै मानिसहरु लाई समान दृष्टि बाट हेर्नु पर्दछ साथै आममानिसहरु लाई पर्ने समस्या केन्दित कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्दछ । तब मात्र संस्था लाई प्रभावकारी र बलियो बनाउन सकिन्छ । यस्ता कुरा मा संस्था ले विशेष ध्यान दिनु पर्दछ । सामाजिक संघ संस्था ले सबै लाई समेट्न को लागि सहमति सहकार्य र एकता आपसी मेलमिलाप को नीति अबलम्बन गर्नु पर्दछ।