प्रकाश भट्टराई, वेष्ट हार्टफोर्ड
सिँडी चड्या मान्छे अचेल फर्किदैनन् तल
शरीरमा बल छ कि छैन, गर्छन् तल बल ।१
मै हुँ जान्ने,मै हुँ सुन्ने मै हुँ सबथोक
मैले मात्र मेट्न सक्छु यो समाजको भोक ।२
भन्दै गन्दै उर्लिएछन् यी मानवका जात
खेती पनि कति विधि धानको खातैखात ।३
देखावटी चिल्लो चुस्स घस्ने बाहिरी लेप
पछार्दैछन् हॉसी-हॉसी सब लाई खेपखेप ।४
नसुधारे बानी अहिले दु:ख पाउला पछि
पछुताउदै बस्नुपर्ला धेरै ढिला भा छि ।५