बसन्त न्यौपाने
तिमी मेरो रगत भएर आयौ
मिर्मिरे बिहानी संगै
मेरो रगतमा लपेटिएर
मेरै बक्षस्थलको सिरानीमा
हुर्किएको मेरो जीबनको अंश
तिमी मेरो हरेक पाईलाहरूको
एक शसक्त भरोसा हौ बिस्वास हौ
तिम्रा गल्तीहरू मा म बाट
सदैब माफी पाउने एक हकदार हौ
तिम्रा प्रगति र खुशीहरू मा
म भित्र खुशीका बौछार छरिदिने
तिमी मेरो शक्ति हौ
तिमी मेरो सानो मुटुको एक टुक्रा हौ
सदैब सदैब तिम्रा न्याना हत्केलाहरू ले
मेरा चिसिएका गालाहरू सुम्सुम्याई देऊ
सदैब तिमी मेरो न्यानो मायाको झोलुंगो भित्र
लुटुक्क निदाइदेऊ,
तिमी मेरो सानो संसारको एक हिरो हौ
तिम्रो हर पलहरू जीबन र जगतको
निर्माणमा खर्च गर
तिमी लाई मेरो जीबनको अन्तिम घडी सम्म
शुभकामना दिईरहने “म” !!