Tuesday, September 19, 2023
Home अभिलेख एघारौं वार्षिक साधारण सभा

एघारौं वार्षिक साधारण सभा

वार्षिक कार्यप्रगति प्रतिबेदन

डिसेम्बर २९, २०१९ आइतबार

स्थान: बल्लभधाम मन्दिर, २६ चर्च स्ट्रीट, नेविङ्गटन, कनेक्टिकट
(26 Church St., Newington, CT)

Sunday, December 29, 2019

नेप्लिज एशोसिएसन अफ कनेक्टिकट USA को ११औं बार्षिक साधारण सभामा भाग लिन उपस्थित हुनु हुने संस्थाका सम्पूर्ण साधारण तथा अाजीवन सदस्यज्यूहरू लाई संस्थाको तर्फबाट स्वागत गर्न पाउदा आफूलाई गौरवान्वित ठानेको छु।

यस गरिमामय सभामा संस्थाका स्थापनाकाल देखि हालसम्म यस संस्थालाई यहाँसम्म पुर्याउनु हुने पूर्व कार्यसमितिका पधाधिकारी एवम सदस्य ज्यूहरू तथा विभिन्न तवरबाट सहयोग पुर्याउनु हुने समाजका महानुभावहरूको योगदानलाई यस सम्मानित सभामा स्मरण गर्न चाहन्छु।

आज संस्था स्थापना भएको पनि ११ बर्ष पुरा भएको छ। यस अवधिमा हामी आफ्ना कार्यब्यस्तताका वावजुद पनि संस्थागत हितकालागि एकजुट भएको ईतिहास हामी सामु छ।

सदस्य ज्यूहरू, साधारण सभा भनेको एउटा औपचारिकता पुरा गर्ने परम्परा मात्र नभै आजको दिन र आज हामीले गर्ने बहस, छलफल र निर्णयले भविस्यमा संस्था संचालनको लागि स्पष्ट मार्ग निर्देशन प्रदान हुनेछ भन्ने कुरामा म विस्वस्त छु। सदस्य ज्यूहरू पनि यस कुरामा सजग रहनु हुनेछ।

April 26, 2019 का दिन तत्कालिन कार्यसमितिका अध्यक्ष तेजेश विक्रम मल्लको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकबाट यस नवनिर्बाचित कार्यसमिति लाई पद हस्तान्तरण गरिएको थियो।

आदरणीय सदस्य ज्यूहरू,यस संस्थामा आजीवन सदस्य ५८ रहनु भएकोमा श्री अशोक श्रीवास्तव र श्री पुष्प दाहालले यसबर्ष आजीवन सदस्यता लिनु भई हालसम्म आजीवन सदस्य संख्या ६० रहेको र साधारण सदस्य ५०८ गरी जम्मा सदस्य संख्या ५६८ रहेको व्योहोरा अवगत गराउन चाहन्छु।

March 24, 2019 मा भएको निर्वाचनबाट संस्थालाई नियमित संचालन गर्नकोलागि May 1, 2019 देखि निम्नानुसार पदाधिकारी एवम सदस्यहरूले संस्थाको नियमित कार्य संचालन गरिरहनु भएको व्यहोरा यहाँहरूमा अवगत गराउन चाहन्छु।

हाम्रो संस्था भित्रका नेपाली मुलका अमेरिकन नेपालीहरूमा एकआपसमा भाइचाराको सम्बन्ध स्थापना गर्दै,आपसी सुखदुख बाँड्दै परदेशमा रहेर पनि आफ्ना रीतिरिवाज,सँस्कृति र चाडपर्वहरू मनाउने उदेश्य लिई सन २००९ मा स्थापना भएको कुरा यहाँहरूमा अवगत नै छ।

अध्यक्ष – श्री जितेन्द्र बस्नेत
उपाध्यक्ष – श्री जयकुमार राई
सचिव – श्री भद्र राई
सहसचिव – श्री रविन तुम्बाहाम्फे
कोषाध्यक्ष – रिक्त
सह कोषाध्यक्ष – श्री कुलदिप अधिकारी
महिला संयोजक – रिक्त
यूवा संयोजक – श्री विधान अधिकारी
भाषा शिक्षा संयोजक – रिक्त
सदस्य – श्री रिङ्कु श्रेष्ठ
सदस्य – श्री सुवाश बुढाथोकी

संस्थाको ठेगाना अर्को व्यवस्था नभएसम्मकोलागि 16 Regency Dr, West Hartford कायम गरिएको छ।

May 5, 2019 को कार्यसमितिको बैठकको निर्णयानुसार निम्न अनुसार सल्लाहकार समितिको मनोनयन गरिएको छ।
प्रमुख सल्लाहकार – श्री अशोक श्रीवास्तव
सल्लाहकार – श्री हेमराज गुरूङ्ग
सल्लाहकार – श्री विजयराज भट्ट
सल्लाहकार – श्रीमती जमुना पनेरू
पदेन सल्लाहकार – श्री तेजेश विक्रम मल्ल

संस्थाको आर्थिक कारोवारः
संस्थाको कोषाध्यक्ष पद रिक्त रहेकोले गर्दा सह कोषाध्यक्ष श्री कुलदिप अधिकारी र अध्यक्ष श्री जितेन्द्र बस्नेतको संयुक्त दस्तखतबाट बैंक खाता संचालन भईरहेको छ। संस्थाको सबै आर्थिक कारोवार पारदर्शी होस भन्ने उदेश्यले कार्यक्रमहरू सम्पन्न भए पश्चात आर्थिक बिवरणहरू यथासक्य चाडो सदस्य ज्यूहरूको जानकारीको लागि सार्वजानिक गर्ने परम्परा कायमै गरिराखेका छौ र प्राय सबैजसो कारोबारहरू चेक र बैंक डेबिड कार्डबाट हुने गरेको छ।
Bank of America मा निम्नानुसार संस्थाको नाममा खाता रहेको छ।

१. Business Advantage Checking Account
२. Business Foundation Checking Account
३. Trustee Checking Account
४. Fixed Account for १८ Months

May 1, 2019 मा यस कार्यसमितिले कार्यभार लिँदा निम्नानुसार खाताहरूका Balance बुझेको थियो।

C/D A/C: $20,099.14
C/D A/C: $15,074.37
Emergency fund A/C: $2,387.46
Checking A/C: $77,511.99
Total: $115,072.96
June 10, 2019 मा २ वटा C/D A/C लाई ९ महिनाको लागि $१०,००००.०० राखिएको छ।
र आजसम्म संस्थाका विभिन्न खाता हरुमा $ १२६,९७९।६८ मौज्दात रहेको कुरा अवगत गराउन चाहन्छु ।

संस्थाले जनवरी १, २०१९ देखि डिसेम्बर २९, २०१९ सम्म सम्पन्न भएका बार्षिक कार्यक्रम तथा अन्य गतिविधिहरू निम्नानुसार रहेको व्यहोरा अनुरोध गर्दछु।

१. संस्थाको नियमित बैठक १३ पटक बसेको थियो।

२. निर्वाचन समिति :
January 7, 2019 को कार्यसमितिको बैठकको निर्णयानुसार वर्तमान कार्यसमिति चयनको लागि निम्नानुसार निर्वाचन समिति गठन गरिएको थियो:
प्रमुख निर्वाचन अायुक्त श्रीमती लक्ष्मी शिवाकोटी
सदस्य: श्री माधव आत्रेय
सदस्य: श्री ईस्वर भण्डारी

यस निर्वाचन समितिले March 24, 2019 मा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको थियो।

३.ट्रष्टी सम्बन्धमाः
१०औं साधारण सभाले गरेको निर्णयानुसार सामुदायिक भवन निर्माणको लागि (Board of Trustee) तदर्थ समिति March 16, 2019 मा बसेको कार्यसमिति को निर्णयानुसार निम्नानुसार ९ सदस्य नेकोन ट्रष्टी तदर्थ समिति गठन भएको थियो।

संयोजक: श्री तेजेश विक्रम मल्ल
सदस्य: श्री संतोष लम्साल
सदस्य: श्री पिताम्बर अधिकारी
सदस्य: श्री राम प्रसाद ओझा
सदस्य: श्री नरेन्द्रदेव पन्त
सदस्य: श्री पुष्प दाहाल
सदस्य: श्री राजन तिम्सीना
सदस्य: श्री माधव आत्रेय
सदस्य: श्री यज्ञ जोशी

४. नयाँ बर्ष कार्यक्रम २०७६:
नयाॅ बर्ष कार्यक्रम सम्पन्न गर्नको लागि February 2, 2019 को कार्यसमितिको बैठकको निर्णयानुसार संस्थाका तत्कालिन कार्यसमितिका सदस्य श्री भद्र राईको संयोजकत्वमा उपसमिति गठन भई April 13, 2019 मा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ ३०० भन्दा बढी सदस्य ज्यूहरूको सहभागितामा सम्पन्न भएको थियो।

५. संस्थाको बार्षिक मुखपत्रः
संस्थाका तत्कालिन सल्लाहकार श्री नरेन्द्रदेव पन्त ज्यूको प्रमूख सम्पादकत्वमा April 13, 2019 का दिन कनेक्टिकट चौतारी प्रकाशन भएको थियो। कनेक्टिकट चौतारीको सम्पादक मण्डलमा श्री नारायण पौडेल, श्रीमती लक्ष्मी शिवाकोटी, श्री रूपेश पराजुली, श्री हरिश भट्ट रहनु भएको थियो।

सन २०२० मा कनेक्टिकट चौतारी प्रकाशनको लागि November 10, 2019 को कार्यसमितिको बैठकको निर्णयानुसार संस्थाका सदस्य श्री धन लामालाई प्रमुख सम्पादकमा चयन गरिएको छ।

६. बुद्ध जयन्तीः
संस्थाका सदस्य श्री रिङ्कु श्रेष्ठको संयोजकत्वमा २५६३औं बुद्ध जयन्ती May 26, 2019 आइतबारका दिन स्थानिय बल्लभधाम मन्दिरमा करिब १०० जनाको उपस्थितिमा धर्मगुरु ग्यालु लामा द्वारा पूजा अर्चना गरी सम्पन्न भएको थियो।

७. नेपाली भाषा कक्षा संचालनः
May 5, 2019 को कार्यसमिति बैठकबाट संस्थाका उपाध्यक्ष श्री जयकुमार राईको संयोजकत्वमा नेपाली भाषा कक्षा संचालन गर्ने निर्णय गरियो। जस अनुसार नेपाली भाषा कक्षा June 29,2019 देखि August 31, 2019 सम्म १० हप्ता प्रत्येक शनिबार स्थानिय Charter Oak School, West Hartford मा संचालन भएको थियो। भाषा कक्षामा ४९ जना भाइबहिनीहरूको सहभागिता रहेको थियो। यस नेपाली भाषा कक्षामा विधार्थी भाइबहिनीहरू लाई ३ ग्रुपमा बिभाजन गरी नेपाली भाषा पढाउनुका साथै नेपाली खानाका परिकार, रहनसहन र साइनो नाता साथै नेपालको भूगोल बारे बिभिन्न जानकारी गराईएको थियो। यस भाषा पाठशाला कक्षामा पूर्णकालिन शिक्षकको रूपमा श्रीमती लक्ष्मी ओझा, श्री विरेन्द्र राउत, श्रीमती सबी श्रेष्ठ, श्रीमती रूवी पराजुलीले सेवा दिनु भएको थियो। यसैगरी आंशिक शिक्षकको रूपमा श्री धन लामा, श्री हरिश भट्ट, श्रीमती बसन्ता स्टेनर, श्रीमती पुष्पा भट्ट, श्री केशव दाहाल, श्री अर्जुन दाहाल, श्री रिङ्कु श्रेष्ठले समेत सेवा दिनु भएको थियो।
यसै गरी कक्षा संचालन अवधि भरी निम्नानुसार High School र Middle School पढ्ने भाइबहिनीहरू ले स्वयमसेवकको रूपमा सेवा दिनु भएको थियो। जोजो राई, अनुस्या दुलाल, समिक्षा पौडेल, आलिस्का सापकोटा, विनोद जोशी, यूकेस राउत, रोमिस निरौला, मिन्सो तुम्बाहाम्फे, आर्या थापा, मुकुन्द जोशी, रिजेश श्रेष्ठ, निता बस्नेत, अमृता सापकोटा, कारमेल अधिकारी, डोना गुरूङ्ग, सफल महत क्षेत्री र गौरव न्यौपाने।

यस कार्यक्रम सफल पार्न ३५ जना अभिभावक ज्यू बाट नगद सहयोग, १० जनाबाट विधार्थी भाइबहिनीहरूलाई खाजाको व्यावस्था र १२ जना बाट नेपाली खानाको परिकार दिई सहयोग गर्नु भएको थियो। सदस्य ज्यूहरू लाई स्मरण गराउन चाहन्छु सबै शिक्षक शिक्षिका, स्वयंसेवक भाइबहिनीहरूले निशुल्क रूपमा सेवा प्रदान गर्नु भएको थियो।

यस कार्यक्रमलाई सफल पार्न आत्मै देखि सहयोग गर्नुहुने विधार्थी भाइबहिनीहरू, शिक्षक शिक्षिका, स्वयमसेवक भाइबहिनीहरू, आर्थिक नगद तथा जिन्सी सहयोग दिनुहुने समुदायका सदस्य ज्यूहरू लाई यस सभामा धन्यवाद दिन चाहन्छु।

८. समर पिकनिकः
June 2, 2019 को कार्यसमितीको निर्णयानुसार संस्थाका सहसचिव श्री रविन तुम्बाहाम्फेको संयोजकत्वमा August 4, 2019 आइतबारका दिन Rocky Neck State Park मा करिब ३०० जना सदस्य ज्यूहरूको सहभागितामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू, खेलकूद गरी भव्यताकासाथ समर पिकनिक सम्पन्न भएको सदस्य ज्यूहरू मा जानकारी गराउँदछु।

९. साहित्यिक कार्यक्रमः
July 7, 2019 को बैठकको निर्णयानुसार, सदस्य श्री धन लामाको संयोजकत्वमा July 14, 2019 का दिन करिव ५० जना कवि कवयत्रीहरूको सहभागितामा भानु जयन्ती साहित्यिक कार्यक्रम Elizabeth Park मा सम्पन्न भयो। सो साहित्यिक कार्यक्रम नेकोनको ईतिहासमा प्रथम साहित्यिक कार्यक्रम भएको कुरा पनि जानकारी गराउँदछु।

१०. तीज कार्यक्रमः
संस्थाकी सल्लाहकार श्रीमती जमुना पनेरू ज्यूको संयोजकत्वमा September 9, 2019 का दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ करिव २५० जना आमा दिदीबहिनीहरू को सहभागितामा स्थानिय Beth Israel Church, West Hartford मा तीज कार्यक्रम सम्पन्न भएको थियो। यस कार्यक्रमलाई भव्यताका साथ सफल पार्न निम्नानुसारको उपसमिति गठन गरिएको थियो:
सह संयोजक: श्रीमती सुनिता पाण्डे
सह संयोजक: मुना तिवारी
सह संयोजक: सम्झना हमाल
सदस्य: अमृता निरौला
सदस्य: राधा महत
सदस्य: बन्दना अधिकारी
सदस्य: ममता शिवाकोटी
सदस्य: जमुना गुरूङ्ग
सदस्य: सुनिता राउत
सदस्य: रूवी पराजुली
सदस्य: देवका बुढाथोकी
सदस्य: बिमला पन्त
सदस्य: सारिका श्रेष्ठ रहनु भएको थियो।

११. Eye Screening:
नेकोन र Hartford County Everest Centennial Lions Club को संयुुक्त आयोजनामा August 17, 2019 का दिन करिब ३० जना साना भाइबहिनीहरू को Eye Screening गरिएको थियो। यस कार्यक्रम लाई Donate Life को तर्फबाट स्वयमसेवकको रूपमा सहयोग प्राप्त भएको थियो।

१२. युवा खेलकुदः
कार्यसमिति सदस्य श्री रिङ्कु श्रेष्ठको संयोजकत्वमा September 14, 2019 का दिन स्थानिय Glover Soccer Complex मा ५औं नेकोन मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो। यसमा स्थानिय टिम लगायत मेनचेस्टर, स्टोर्सका खेलाडीहरू को टिमहरूको सहभागिता रहेको थियो। कार्यक्रम लाई सफल पार्न स्थानिय होटल व्यावसायीहरूले खाना, पानी दिई सहयोग गर्नु भएको थियो भने अन्य संघसंस्था तथा महानुभावहरूले आर्थिक सहयोग गर्नु भएको थियो।

यसै गरी, November 17, 2019 का दिन Newington Town Hall मा श्री रिङ्कु श्रेष्ठकै संयोजकत्वमा नेकोन चौथो मैत्रीपूर्ण भलिवल खेल सम्पन्न भएको थियो। यस खेलमा स्थानिय ६ टिमले भाग लिएका थिए।

१३. दशैं कार्यक्रमः
October 6, 2019 का दिन Veteran Hall, New Britain मा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ करिब २७५ जना सदस्य ज्यूहरू को सहभागितामा सम्पन्न भएको थियो। कार्यक्रमलाई भब्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि कार्यक्रमको संयोजन उपाध्यक्ष श्री जय कुमार राईले गर्नु भएको थियो। यस कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तिहरूले आर्थिक एवम भौतिक सहयोग गर्नु भएको थियो भने West Hartford Town Mayor, Shari Cantor को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

१४.नेकोन ट्रष्टी उपसमिति :
June 9, 2019 का दिन नेकोन ट्रष्टी तदर्थसमिति ले आव्हान गरेको भेलाको निर्णय र ट्रष्टी तदर्थसमितिको पत्रानुसार नेकोन तदर्थसमितिको पदावधि समाप्त भएकोले August 10, 2019 को कार्यसमितिको बैठकको निर्णयानुसार नेकोन बोर्ड अफ ट्रष्टी गठन प्रकृया अगाडि बढाउन र ट्रष्टी सदस्य विस्तार गर्नका लागि कार्यसमिति अध्यक्षको संयोजकत्वमा निम्न अनुसार सदस्य रहने गरी नेकोन ट्रष्टी उपसमिति गठन गरिएको व्यहोरा सदस्य ज्यूहरू मा अवगत गराउँदछु।
संयोजक: श्री जितेन्द्र बस्नेत
सदस्य: श्री अशोक श्रीवास्तव
सदस्य: श्री तेजेश विक्रम मल्ल
सदस्य: श्री संतोष लम्साल
सदस्य: श्री पिताम्बर अधिकारी
सदस्य: श्री पुष्प दाहाल
सदस्य: श्री राम प्रसाद ओझा
सदस्य: श्री गणेश अर्याल
सदस्य: श्री अर्जून देवकोटा
सदस्य: श्री नरेन्द्रदेव पन्त
सदस्य: श्री राज श्रेष्ठ
सदस्य: श्री गोपाल पोख्रेल
सदस्य: श्री माधव आत्रेय
सदस्य: श्री यज्ञ जोशी
सदस्य: श्री कृष्ण कडेल
सदस्य: श्री अर्जून दाहाल
सदस्य: श्री चेतन खड्का

१५. पार्करोड परेडः
हरेक बर्ष झै यस बर्ष पनि October 5, 2019 शनिबारका दिन आयोजित पार्करोड परेडमा विभिन्न जातजातीका भेषभुषा र साँस्कृतिक झाँकीका साथ ठूलो संख्यामा सहभागिता जनाएको व्यहोरा सदस्य ज्यूहरूमा अवगत गराउँदछु।

१६. बल्लभधाम मन्दिरको गर्वा पर्वः
हाम्रो Community र अन्य Community सँग पारस्परिक सहयोगको आदान प्रदान र अन्य समुदायमा परिचित हुनको लागि स्थानिय बल्लभधाम मन्दिरले मनाउने गर्वा पर्वमा September 14, 2019 का दिन करिब ५० जना सदस्य ज्यूहरूले भाग लिनु भएको थियो। उक्त अवसरमा हाम्रा भाइबहिनीहरूले प्रसंशनीय स्वयंसेवकको भूमिका निर्वाह गर्नु भएको थियो।

नेपाल भ्रमण बर्षलाई सहयोग पुगोस भन्ने उदेश्यले नेपाल सरकारका प्रतिनिधि महाबाणिज्यदुत श्री पुष्पराज भट्टराई ज्यूको पनि उपस्थिति रहेको थियो।

१७.मिडिया कोअर्डिनेटरः
नेकोनले गर्ने कार्यक्रम तथा गतिविधिहरू लाई आधिकारिक रूपमा समाचार संप्रेषण गर्न September 8, 2019 को कार्यसमितिको बैठकको निर्णयानुसार मिडिया कोअर्डिनेटरको रूपमा कार्य सम्पादन गर्नका लागि संस्थाका सदस्य श्री धन लामालाई जिम्मेवारी प्रदान गरिएको व्यहोरा अवगत गराउदछु।

१८.जनगणना USA 2020:
जनगणना USA 2020 मा हाम्रो समुदायको बढी भन्दा बढी सहभागिता रहोस र स्थानिय निकायहरूसँग समन्वय गर्नकालागि September 8, 2019 को बैठकको निर्णयानुसार निम्न अनुसार उपसमिति गठन गरिएको छ।
संयोजक: श्री जितेन्द्र बस्नेत
सदस्य: श्री प्रमोद प्रधान
सदस्य: श्री रिङ्कु श्रेष्ठ
सदस्य: श्री विनय रेग्मी

१९. देउसी भैलो कार्यक्रमः
कार्यसमिति सचिव श्री भद्र राईको संयोजकत्वमा October 26, 27 र 29, 2019 तीन दिनसम्म १२ घरमुली बनाई २३३ परिवारलाई समावेश गरी यसबर्षको देउसी भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। यस कार्यक्रम लाई सफल पार्नको लागि सहयोग गर्नु हुने घरमुली, दक्षिणा प्रदान गर्नु हुने सदस्य महानुभावहरू,देउसी भट्याउने र कलाकार भाइबहिनीहरू लाई यस सभामा धन्यवाद दिन चाहन्छु।

२०.बार्षिक बिमाः
संस्थाले सम्पन्न गर्ने विभिन्न कार्यक्रमहरूमा संभावित दुर्घटनालाई मध्यनजर गरी July 8, 2020 सम्मको लागि $८९८.०० भुक्तानी गरी संस्थाको बिमा गरिएको छ।

२१.संस्थाको Tax file:
December 31, 2018 सम्मको संस्थाको Tax File भएको छ।

गत साधारण सभाबाट अनुमोदन भएका निम्नानुसारका कार्यक्रमहरू यसबर्ष गर्न नसकिएको व्यहोरा जानकारी गराउदछु:

१. रक्तदान कार्यक्रम
२. सदस्यहरू माझ अन्तरकृया कार्यक्रम
३. हेलो वेष्टहार्टफोर्ड

सदस्य ज्यूहरू, संस्थाले नियमितरूपमा संपादन गर्दै आएका कार्यक्रमहरू लाई निरन्तरता प्रदान गर्ने प्रतिवद्धता यहाँहरू मा जाहेर गर्दछु। कार्यक्रम सम्पन्न गर्नका लागि आवस्यक पर्ने जनशक्ति र प्रयाप्त बजेटको व्यावस्था गरेको छु। कुनैपनि नयाँ कार्यक्रम गर्न आवस्यक ठानेमा कार्यसमितिको बैठकको निर्णयबाट पनि गर्न सकिनेछ साथै सदस्य ज्यूहरू बाट सुझावहरू आएमा कार्यक्रमलाई समावेश गर्न सकिनेछ। कार्यक्रम सम्पन्न गरी आगामी साधारण सभामा अनुमोदनको लागि प्रस्तुत गर्न प्रतिवद्धता पुनः जाहेर गर्दछु।

January 1, 2020 देखि December 31, 2020 सम्ममा निम्नानुसार कार्यक्रमहरू गरिनेछ।

१. नयाँबर्ष २०७७
२. बुद्ध जयन्ती
३. समर पिकनिक
४. नेपाली भाषा कक्षा
५. यूवा खेलकुद
६. तीज कार्यक्रम
७. दशै कार्यक्रम
८. रक्तदान कार्यक्रम
९. साहित्यिक कार्यक्रम
१०. देउसी भैलो कार्यक्रम
११. पार्करोड परेड
१२. हेलो वेष्टहार्टफोर्ड
१३. सदस्यता बिस्तार
१४. साधारण सभा

अन्त्यमा, यो संस्था तपाई हामी बीचको साझा सामाजिक संस्था हो। हामी अतिव्यस्त समयका बावजुद पनि समय खर्च गरी संस्थाको हित र यसको दीर्घकालिन स्थायित्वको लागि सोच लिई आज यस ११औं साधारण सभामा भाग लिन उपस्थित हुनु भएकोमा नेकोन कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

सदाझैं यहाँहरू सँगको निरन्तर छलफल,सुझाव,सल्लाह र सहयोगको अपेक्षा राख्दै माथि प्रस्ताव गरिएका कार्यक्रमहरू माथि छलफल र केहि सुझावहरू भए सो सहित भावी कार्यक्रमहरू पारित गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।

जितेन्द्र बस्नेत
अध्यक्ष
नेप्लिज एशोसिएसन अफ कनेक्टिकट, यूएसए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

The Importance of public speaking

Gaurav NeupaneWest Hartford, CT 3/16/2020Public speaking is a skill of talking in front of a live audience such as giving a speech...

Freedom of Speech

Jojo Rai, Grade 12Conard High SchoolFreedom of Speech is one of the rights that I treasure greatly. I have always valued the...

My sweet valentine

Valentine Poem Mukunda JoshiWilliam H. Hall High School Grade 10You are the apple in my PIOur love is like...

Memoir

Suvekshya Rai, Grade 12William H. Hall High School, West Hartford I had never danced in front of an audience...

Recent Comments