सुनिता राई
असिम ममताको खानी हो आमा
ममता बाँड्दा सन्तान लाई , उनी रित्तिएकी छिन् र कहाँ ।
निश्चल ममताको प्रेरणा हो आमा
आमाको ममतामा कपट भएकोछ र कहाँ ।।
पर्दा सन्तानको बन्धन भित्र आमा
बन्धनलाई जन्जीर सोच्छिन् र कहाँ ।
सन्तानको लागि भगवान पुज्छिन् आमा
ती उपवासहरुमा , उपवास गार्हो भो भनेकी छिन् र कहाँ ।।
निस्वार्थ आमाको ममतामा
नौटंकी भएको छ र कहाँ ।
सन्तान हुन्छन् टाढा कति
समदर्शी ती आमाको भावनाहरु टाढा हुन्छन् र कहाँ ।